आँखा शल्यक्रिया शिविरमा सिद्धार्थ बैंकको सहयोग

 अर्थ बुलेटिन संवाददाता   ११ माघ, २०७६



काठमाडौं । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दैसंयुक्त रुपमा ६ दिने निस्शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

बैंकले २०७६ पौष २२ देखि पौष २५ सम्म श्रीनगर (सर्लाही) र पौष २७ देखि पौष २९ सम्म मलंगवा (सर्लाही) मा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परिक्षण गरिएको थियो ।

परिक्षण गरिएका मध्ये १७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरि उनीहरुको आँखा शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई चार लाख ४७ हजार रुपैयाँ सहयोग गरेको थियो । 

उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमकाबीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका हुुन ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा शाखा रहित बैंकिङ्ग सेवा, २०० एटिएम र १,६०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation