प्रिमियर इन्स्योरेन्सद्वारा बुनिलालको परिवारलाई विमा दावी रकम प्रदान

 अर्थ बुलेटिन संवाददाता   ११ माघ, २०७६



वीरगञ्ज । वीरगञ्ज  महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाकोे प्रदान गरिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनिमा वीरगञ्ज महानगरका सबै कर्मचारीको विमा भएको अवस्थामा उनको मृत्यु भएपछि उक्त विमा दावी रकम बुनिलालकी पत्नी फुलपतिदेवीलाइृ हस्तान्तरण गरिएको थियो ।

वीरगञ्ज महानगरको सभाहलहमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र  प्रियमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिमिलाले संयुक्त रुपममा चेक हस्तनान्तरण गरेका थिए ।

नेपाल प्रालिको तर्फबाट उक्त दावी रकमको चेक हस्तान्तरण असोज ७ गते  फायरमैन वीरगंज १६ निवासी बुनिलाल चौरसियाको मृत्यु भएको अवस्थामाम उनको परिवरारले विमा रकम दावी गरेको थियो।

महानगरले फायरमैनको जीवन विमा गरेको अवस्थामा प्रिमियर इन्योरेन्स कम्पनिका पदाधिकारी तथा वीरगंज महानगरका कर्मचराीहरुकको रोहबरमा चेक हस्तान्तरण गरिएको थियो ।

वीरगंजका मेयर सरावगीले आजको समयमा विमा एक प्रकारको बचत गर्ने सुविधासंगै भवितव्यमा आई पर्ने समयमा सहयोग पुग्ने कुरा भएकोले हरेक जनधनको विमा गर्न सर्वसधारणलाई सुझाव दिए ।

कार्यक्रममा प्रिमियर इन्सुरेन्श कम्पनिका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिमिला, नायब महाप्रबन्धक दिपेन्द्रराज गौत्तम,प्रदेश २ का प्रादेशिक प्रबन्धक विज्ञानविक्रम शाह र क्षेत्रीय अधिकृत शशि विचित्रलगायतको सहभागिता रहेको थियो ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation