वैदेशिक सहायतामा दातृ निकायको मनोमानीप्रतिवद्धता आउछ, पैसा आउँदैन्

 अर्थ बुलेटिन संवाददाता   ११ माघ, २०७६



काठमाडौं । मुलुकमा आउने वैदेशिक सहायतामा दातृ निकायको मनोमानी चल्न थालेको छ । दातृ निकायहरुले रकम दिने प्रतिवद्धता जाहेर गरेपनि पछि रकम नदिने नियत बढ्दै गएको हो ।

अर्थ मन्त्रालयका अनुसार हालसम्म करिब ९ अर्ब वैदेशिक सहायता दातृ निकायबाट प्रतिवद्धता भएपनि आउन सकेको छैन ।अर्थमन्त्रालयसँग ९ दातृ निकायले विभिन्न समयमा ८ अर्ब ८४ करोड दिने प्रतिवद्धता जनाएका थिए । तर त्यो रकम आउन सकेको छैन ।

प्रतिवद्धता  जनाएका दातृ निकायहरूलाई बारम्बार ताकेता गरे पनि रकम आउन नसकेको अर्थमन्त्रालय स्रोतले बतायो । ‘पहिला सहायता दिन्छु भन्ने पछि आफ्नो स्वार्थ हेरेर अनुकुल नभए वैदेशिक सहायता रोक्ने दातृ निकायको प्रवृत्ति बढेको छ,’स्रोतले भन्यो ।  धेरै रकम प्रतिवद्धता भएर नआउनेमा भूकम्पका बेलाको छ ।

सम्मेलनमा २१ दातृ निकायको सहभागिता थियो । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्स्थापना योजनाअनुसार कुल संशोधित आवश्यक बजेट ६ खर्ब ३० अर्ब छ । दाता सम्मेलनमा प्रतिबद्धता भएको रकम ४ खर्ब १० अर्ब हो । जसमध्ये ६७ अर्ब राहत तथा उद्धारमा खर्च भएको छ । त्यस्तै भारतीय एक्जिम बैंकको ४९ अर्ब नेपाल सरकारतर्फ स्रोतान्तर भएको छ ।

प्रतिवद्धता रकम २ खर्ब ९४ अर्ब रहेको  छ । नर्वे र साउदी अरेबियाले प्रतिबद्धता गरेअनुसार रकम सम्झौता गरेका छन । दुवै देशले प्रतिवद्धता गरेको चार वर्षमा रकम सम्झौता गरेका हुन । त्यस्तै विश्व बैंकले कबुलेको ५५ अर्बमा थप २३ अर्ब दिने भएको छ ।

दाताहरूले कबोल गरेको २ खर्ब ९४ अर्बमध्ये २ खर्ब ४१ अर्ब मात्र आउने भएको हो । गैरसरकारी संस्थामार्फत आएको ४२ अर्ब रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । यसमा दातृ निकायको रकम पनि जोडिने प्राधिकरण बताउँछ । सम्झौता गरेअनुसारको रकम हेर्दा ५३ अर्ब अझै आएको देखिँदैन ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation