रविभक्त श्रेष्ठ युुनाईटेड इन्स्योरेन्सको अध्यक्ष चयन

 अर्थ बुलेटिन संवाददाता   ११ माघ, २०७६



काठमाडौं ।  युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी  रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएकाछन् । श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रपप्रा.लि.का अध्यक्ष समेत रहेकाछन् । 

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम बिहिबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिएर पदभार ग्रहण गरेका हुुन् । 

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटनतथानागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसेकाछन । देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् । 

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँउचाईमा पु¥याउनआफु प्रतिवद्ध रहेको बताएकाछन्  । कुशलव्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीकारूपमा स्थापित गर्ने बिश्वास गरिएको छ ।

साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिकरूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेकाछन् ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation