काठमाडौंको भिमसेनगोलामा कामना सेवा विकास बैंकको ११७ औं शाखा

 अर्थ बुलेटिन संवाददाता   ११ माघ, २०७६



काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा यही माघ ०८ गते आफ्नो ११७ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आएको छ ।

साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation