६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी

 अर्थ बुलेटिन संवाददाता   १२ माघ, २०७६



  दमौली ।  नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।

 पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले कुष्ठरोगीलाई समाजमा खुल्ला वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौति रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका क्षयकुष्ठ अधिकृत रेकबहादुर थापाले बताउनुभयो । “कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेबाटै कुष्ठरोगी अपहेलित भइरहेको छन्,” उहाँले भन्नुभयो, “यसप्रति सकारात्मक सचेतना फैलाउन आवश्यक छ ।”  

 कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाई अन्यत्रैको स्वास्थ्य संस्थामा गएर औषधि सेवन गर्ने प्रचलन कायम रहेको उहाँले बताउनुभयो । “नजिकको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय व्याप्त छ”, उहाँले भन्नुभयो, “त्यस्तो भयलाई हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।” 

 छ महिना र एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकाले कुष्ठरोगीलाई ठूलो रोगका रुपमा लिननहुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । “खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म पु¥याउने वातावरण सिर्जना गर्नुपर्छ,” अधिकारीले भन्नुभयो । उहाँका अनुसार कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार तथा समुदायमा रोगका बारेमा सही जानकारी दिने र प्रचारप्रसार अभियान सञ्चालन गरिएको छ । 

तनहुँमा ११ कुष्ठरोगका बिरामी  

 जिल्लामा हाल एघार कुष्ठरोगका बिरामीले उपचार सेवा लिइरहेका छन् । गत आर्थिक वर्षमा १० कुष्ठरोगका बिरामी रहेकामा चालु आर्थिक वर्षमा दुई जना नयाँ बिरामी थपिएका क्षयकुष्ठ अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना बिरामी भने नियमित औषधि सेवनपछि निको भएका छन् । 

 हाल व्यास नगरपालिकामा नौ, बन्दीपुर गाउँपालिका एक र शुक्लागण्डकी नगरपालिकामा एक जना सर्ने कुष्ठरोगका बिरामी छन् । जसमध्ये छ महिला र पाँच पुरुष रहेका कार्यालयले जनाएको छ । शुक्लागण्डकीका एक पुरुष भने औषधि सेवनपछि निको भएका छन् । सरकारले कुष्ठरोगमुक्त नेपाल बनाउने अभियान अन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोप दरप्रति दश हजार जनसङ्ख्यामा एकभन्दा कम गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष ०७५÷७६ मा नेपालमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए । त्यसमध्ये १४ वर्षमुनिका बिरामी ३३७ रहेका थिए ।    

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation