

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । ५ वर्षका लागि ४० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला गरिएको छ । नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको हो । बिक्री खुल्ला हुने अवधि यही माघ १० गतेदेखि २०७६ चैत गतेसम्म तोकिएको बचतपत्रको निष्काशन मिति भने २०७६ माघ २७ गते, फागुुन २८ गते र चैत २७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार सावाँ भुक्तानी मिति वि।सं। २०८१ माघ २७, फागुुन २८ र चैत २७ तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी प्रत्येक ६÷६ महिनामा हुुनेछ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन सक्नेछन ।
खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन ।
राष्ट्र बैंकका अनुुसार खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन समेत सकिनेछ । बचतपत्र खरिदको लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभुु बैंक, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफरसहितका ११ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।