२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । आइतबार नेप्से पुरै रातो देखिएको छ । साताको पहिलो दिन आज नेप्से २० दशमलव ७९ अंकले घटेर १२ सय ७६ दशमलव ६८ अंकमा झर्दा सेन्सिटिभ चार दशमलव एक अंकले घटेर दुुई सय ७४ दशमलव ६२ अंकमा झरेको छ ।
आज एक सय ७४ वटा कम्पनीहरुको १२ हजार सात सय ५० वटा कारोबारमा २६ लाख ६० हजार ३७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम ९६ करोड ५० लाख १८ हजार छ सय ६२ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा १२ वटै समुहको सुचक घटेर बजार पुरै रातो भएको छ । सो मध्ये पनि वाणिज्य बैक समुहको सुचक १८ दशमलव ४५ अंकले घटेर ११ सय २१ दशमलव ७३ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक १८ दशमलव ९६ अंकले घटेर नौ सय ८७ दशमलव ३९ अंकमा झरेको छ ।
विकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर पुरै रातो भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आव जोशी हाईड्रो पावर कम्पनी, एनआईबिएल प्रगती फण्ड आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स, मिथिला लघुुबित्त बित्तीय संस्था आदि परेकाछन ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज डिप्रोक्स लघुुबित्त बित्तीय संस्था, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।