पोखरामा बृहत् विज्ञान प्रदर्शनी हुँदै, विद्यार्थी आफैले प्रयोगात्मक अभ्यास गर्न पाउनेप्रदशनीले विज्ञान सिकाईमा नयाँ अयाम थपिन्छ : निर्देशक थापा

 अर्थ बुलेटिन संवाददाता   १२ माघ, २०७६



 पोखरा । सिमुलेसन साइन्स सेन्टर, ललितपुरको आयोजनामा नेपालमै पहिलोपटक पोखरामा बृहत् विज्ञान प्रदर्शनी हुने भएको छ ।
पोखरा सभागृहमा माघ १५ देखि २९ गतेसम्म चल्ने प्रदर्शनीमा विज्ञान प्रविधि विषय सम्बन्धित बाल कक्षादेखि कक्षा १२ सम्मको पाठ्यपुस्तकमा आधारित रहेर शैक्षिक गतिविधि हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

ललितपुरको भैंसेपाटीस्थित सेन्टरले काठमाडौं बाहिरका विद्यार्थीको विज्ञानप्रतिको रुर्ची बढाउने उद्देश्यले प्रदर्शनी गर्न लागेको संस्थाका निर्देशक प्रतीक्षा थापाले बताइन् । प्रदर्शनीमा विज्ञान तथा प्रविधिसम्बन्धी १० बढी ‘शैक्षिक शाखाहरुबाट विद्यार्थीले इञ्जिनियरको प्रत्यक्ष सहभागितामा त्यसको मेकानिज्म, प्रत्यक्ष अवलोकन तथा प्रयोग गर्न पाउने हिसाबले तयारी गरिरहेको उनले बताइन् ।

प्रदर्शनीमा रोबटिक्स, भीआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरञ्जनात्मक सामग्री राखिने प्रदर्शनी संयोजक इरज श्रेष्ठले बताए ।

उनले भने–‘प्रदर्शनीमा पाठ्यक्रममा समावेश भएका विषयवस्तु राखिने छन्, यसअघि हुने गरेका प्रदर्शनीभन्दा निकै फरक भएकोले प्रदर्शनीमा सहभागी हुन सम्पूर्णलाई अनुरोध गर्दछु । ’विज्ञान प्रयोगात्मक विषय भए पनि विद्यालयमा पर्याप्त उपकरण नहुँदा विद्यार्थीमा यसप्रतिको आकर्षण घटेकाले प्रदर्शनीबाट आकर्षण बढ्नेमा आफूहरु ढुक्क रहेको उनले बताए ।

बिहान ९ देखि साँझ ६ बजेसम्म जारी रहने प्रदर्शनीमा निजी, संस्थागत, सरकारी तथा सामुदायिक विद्यालयबाट गरी करिब १ लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ ।कार्यक्रममा हिसान कास्की अध्यक्ष डा. रामजी शर्माले प्रदर्शनीले युग सुहाँउदो शिक्षा प्रणालीमा सहयोग पु¥याउने बताए । 

यस्तै, प्याब्सन कास्की अध्यक्ष प्रेम शर्माले विद्यार्थीको शैक्षिक सिकाइमा थप टेवा पुग्ने बताए । एनप्याब्सन कास्की उपाध्यक्ष केशवशरण पौडेलले प्रदर्शनीले विद्यार्थीमा विज्ञानप्रतिको चासो बढेर जाने बताए । 

सो अवसरमा यूनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङ, मन्टेश्वरी एशोसिएसन कास्की अध्यक्ष मिलन केसीले समेत बोलेका थिए । संस्थाका निर्देशक प्रकटविक्रम थापाले पत्रकारको जिज्ञासा मेटाउन सहजीकरण गरेका थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation