

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । जीवन बीमक संघ नेपाल” नामक संस्थाको स्थापना भएको छ । नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि उक्त संस्था स्थापना गरिएको हो । जीवन बीमा व्यवसाय गर्ने बीमकहरुकाबीचमा आपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने उद्देश्यले बीमक संघ स्थापना गरिएको हो ।
मुनाफा रहित संस्थाको आवश्यकता महशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“ जीवन बीमक संघ नेपाल” नामक संस्थाको स्थापना भएको छ ।
संघको उद्देश्यमा जीवन बीमा व्यवसाय तथा सोको विकाससंग सम्बन्धित नीति नियमहरुको तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकाय लगायत नेपाल सरकारका अन्य निकायहरुलाई जीवन बीमा संग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पु¥याउने रहेको छ ।
नेपाल राज्यमा नियामक निकायबाट इजाजत लिई संचालित जीवन बीमा कम्पनीहरुबीच आपसी समझदारी, सौहाद्र्ध वातावरण कायम गरी व्यवसायको संरक्षण तथा विकास गर्न आवश्यक कार्यक्रमहरु संचालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सदस्यता लिई नेपालको जीवन बीमा व्यवसायको विकासमा सहयोग पु¥याउने, जीवन बीमा व्यवसायसंग सम्बन्धित वुलेटिन, न्यूजलेटर आदि प्रकाशन गर्ने/गराउने,अन्तर्राष्ट्रिय बीमा संघ र सामाजिक संघ संस्थाहरुको आवश्यकता अनुसार सदस्यता ग्रहण गर्ने, जीवन बीमा व्यवसायलाई देश विकाशको मेरुदण्डको रुपमा विकास गर्न अन्य आवश्यककार्यहरु गर्ने आदि रहेका छन् ।
संघको कार्य समितिका पदाधिकारीहरुमा सुर्य लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे –अध्यक्ष, मेट लाइफ, अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ– उपाध्यक्ष, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल –सचिव, रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, प्रवीण रमण पराजुली– कोषाध्यक्ष तथा सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका प्रमुख कार्यकारी अधिकृत कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र ज्योती लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री रहेकाछन् ।