

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथाकुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ ।
आइतवार कम्पनीको प्रधान कार्यालय अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेकाहुन् ।