सेञ्चुरी बैंकद्वारा रोहिणी विद्याश्रमका विद्यार्थीलाई न्यानो लुगा वितरण

 अर्थ बुलेटिन संवाददाता   १३ माघ, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउंपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ ।

एक सय १० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुुन् ।  

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation