कामना सेवा विकास बैंकको वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति

 अर्थ बुलेटिन संवाददाता   १३ माघ, २०७६



काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति गरेको छ ।

राष्ट्रियस्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अगाडि बढेको बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा यस आर्थिक वर्षमा कर्जा तथा सापटीमा ४.२० अर्ब वृद्धि गरी २४.४४ अर्ब पु¥याउन सफल भएको छ ।

त्यसैगरी निक्षेप संकलनतर्फ ५ अर्ब थप गरी कुल निक्षेप २७.९७ अर्ब पु¥याएको छ । समिक्षा अवधिमा कर्जा तथा सापटीतर्फ २०.८० प्रतिशत तथा निक्षेप संकलनतर्फ २१.७७ प्रतिशतको वृद्धि गरेको हो । बैंकले ५७.४१ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष ३७.९८ करोड रहेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १४.८५ करोड पुगेको छ । बैंकको २०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ वटा एटिएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० शाखा तथा १५ वटा एटिएम थप गरी ११४ शाखा र ५८ एटिएम पु¥याउन सफल भएको छ ।

शाखा सञ्जाल विस्तार संगै प्रविधिको स्तरोन्नती, डिजिटाईजेसन, अटोमेशन जस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (¬वार्षिक) ११.६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२.३१ रहेको छ ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation