महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच आर. टि. जि. एस प्रणालीमा सहकार्य

 अर्थ बुलेटिन संवाददाता   १३ माघ, २०७६



काठमाडौं ।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आज सोमबार आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाईम ग्रस सेटलमेन्ट (आरटिजिएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेकाछन् । 

देशका १०२ वटा शाखाहरुबाट  बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation