एन आई सि एसिया बैंक र सामसङ ग्यालेक्सीबीच सहकार्य यस्तो छ छुटको अफर

 अर्थ बुलेटिन संवाददाता   १४ माघ, २०७६



काठमाडौं । सामसुङले सामसङ ग्यालेक्सी एस १०/एस १० प्लस तथा सामसङ ग्यालेक्सी नोट १०/नोट १० प्लसमा विशेष छुटको अफर ल्याएको छ ।

कम्पनीले एस १०/एस १० प्लस तथा सामसङ ग्यालेक्सी नोट १०/नोट १० प्लसएन आई सि एसिया  बैंकको डेविट कार्ड / क्रेडिट कार्ड/क्यूआर बाट खरिद गर्दा १ प्रतिशत वा अधिकतम तीन हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो अफर एन आई सि एसिया कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फेब्रुअरी २८ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ ।

सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लस विशेषतः आफनो काम र जीवन बीच सहज सन्तुलन राख्ने र सदैव आफ्नो सृजनशीलतालाई उजागर राख्ने पुस्तालाई केन्द्रित गरि तयार गरिएको हो । यी स्मार्टफोनहरु ग्राहकको बढी भन्दा बढी चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation