सिटिजन्स बैंकको ‘सिटिजन्स कोसेली निक्षेप योजना’ शुभारम्भ

 अर्थ बुलेटिन संवाददाता   १४ माघ, २०७६



काठमाडौं ।  सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ ।

यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहक महानुभावहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना  पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढि ग्राहवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम  झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलव्ध गराउँदै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation