२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । आज नेप्से सुचक तथा कारोबार रकम दुुबै नै बढेकाछन् । मंगलबार नेप्से पाँच दशमलव ५२ अंकले बढेर १३ सय छ दशमलव १५ अंंकमा चढेकोमा सेन्सिटिभ शुन्य दशमलव ४८ अंकले घटेर दुुई सय ७८ दशमलव ६७ अंकमा झरेको छ ।
आज एक सय ७८ वटा कम्पनीहरुको १४ हजार पाँच सय ५५ वटा कारोबारमा ३७ लाख ३९ हजार तीन सय ९७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार हुँदा कारोबार रकम एक अर्ब ४० करोड चार लाख ६७ हजार आठ सय पाँच रुपैयाँको कारोबार भएको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा चार वटा समुहको सुचक घटे पनि आठ वटाको बढेको छ ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव १२ अंकले घटेर ११ सय ३८ दशमलव ६२ अंकमा झरेको छ । यि बाहेक जलबिद्युुत, ट्रेडिङ र होटल समुहको सुचक पनि घटेकाछन् ।
विकास बैंक समुहको सुचक भने शुन्य दशमलव एक अंकले बढेर १७ सय ७० दशमलव २६ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ३३ अंकले बढेर पाँच हजार पाँच सय ७९ दशमलव ६२ अंकमा पुुगेको छ ।
यि बाहेक विकास बैंक, लघुुबित्त, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज शिखर इन्स्योरेन्स कम्पनी, नाडेप लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी, रैराङ हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज ग्लोबल आईएमई बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।