२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । आज नेप्से घटेको छ । साताको चौथो कारोबार दिन आज बुुधबार नेप्से शुन्य दशमलव २७ अंकले घटेर १३ सय पाँच दशमलव ८८ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दशमलव ४९ अंकले घटेर दुुई स ७८ दशमलव १९ अंकमा झरेको छ ।
आज एक सय ७६ वटा कम्पनीहरुको १३ हजार आठ सय वटा कारोबारमा २८ लाख ७८ हजार सात सय ५२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब २९ करोड ३७ लाख ११ हजार तीन सय ८३ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् । सो मध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक सात दशमलव ९६ अंकले घटेर ११ सय ३० दशमलव ६७ अंकमा झर्दा विकास बैंक समुहको सुचक पनि पाँच दशमलव २३ अंकले घटेर १७ सय ६५ दशमलव तीन अंकमा झरेको छ ।
यसैगरी जलबिद्युुत, उत्पादनमुुलक, जीवन बीमा, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । ट्रेडिङ, निर्जिवन बीमा र होटल भने आज कमाउने समुहमा परेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा भने आज नाडेप लघुुबित्त बित्तीय संस्था, नेरुडे लघुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा प्रोग्रेसिभ फाईनान्स, नेपाल हाईड्रो डेभलपर कम्पनी आदि परेकाछन् ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नाडेप लघुुबित्त बित्तीय संस्था, शिखर इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।