सहिद पार्कको लागि कृषि विकास बैंकको सहयोग

 अर्थ बुलेटिन संवाददाता   १५ माघ, २०७६



काठमाडौं । कृषि विकास बैंकले सहिद पार्कको लागि सहयोग गरेको छ । बैंकले मकवानपूर हेटौडा स्थित शहिद स्मारकमालाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत बैंकले उक्त पार्क भित्र पर्यटकहरुलाई सुचना प्रबाहा गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सुचना केन्द्र (नमस्ते सेन्टर) का लागि रकम सहयोग गरेको हो ।

बैंकका अनुुसार भिजिट नेपाल २०२० सचिवलय र प्रदेश सरकारसँगको सहकार्यमा नौ लाख ५० हजार रुपैयाँ खर्च गरी प्रत्यक्ष सहयोग पुराएको हो ।

पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिर्सरमा बैकले आफ्नो नयां ए.टि.एम मेसिन समेत राखी प्रदेश सरकारको पर्यटन, बन तथा बाताबरण मन्त्री माननिय अरुण नेपाल र बैकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले बुुधबार समुुद्धघाटन गरेका हुुन ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने क्रममा कृषि विकास बैंक लि. सुरुका दिनबाट नै उपरोक्त प्रकृतिका सहयोग तथा सेवा प्रवाह गर्दै आएको छ । 

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम, कृषि विकास बैंक लि. शाखा ब्यबस्थापन विभागका विभागिय प्रमुख अजय रिमाल, प्रदेश कार्यालय बीरेन्दनगरका निर्देशक जगदिश्वर पन्थी र शाखा कार्यालय हेटौडाका प्रबन्धक रामप्रसाद गजुरेलको समेत उपस्थिीती रहेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation