कुमारी बैंकद्वारा पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई स्वास्थ्य सामाग्री सहयोग

 अर्थ बुलेटिन संवाददाता   १५ माघ, २०७६



काठमाडौं ।  कुमारी बैंक लिमिटेडको दुलेगौंडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सो विद्मालयको स्वर्ण जयन्तीको अवसरमा २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको छ ।

स्वर्ण जयन्ती समारोहमा बैंकका गण्डकी प्रदेश प्रमुख नविन राज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादवद्घारा उक्त अवसरमा कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मान स्वरूप कदर पत्र प्र्रदान गरेका थिए । 

विद्मालयले एक स्टाफ नर्स राखि प्राथमिक उपचार कक्ष संचालन गर्दै आएको यस विद्मालयमा मेडिकल सामाग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।

आफ्ना देशव्यापी १२० शाखा संजाल, ११७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदैँ आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation