मेरुदण्डीय पक्षघात समुह नेपाललाई नेपाललाई एनबि बैंकद्वारा क्याप हस्तान्तरण

 अर्थ बुलेटिन संवाददाता   १६ माघ, २०७६



काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, बुधबार कमलादी, काठमाडौँस्थित आफ्नो प्रधान कार्यालयबाट मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्यापहरु वितरण गरेको छ ।

मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सम्पूर्ण सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषध्यक्ष  झरना रानालाई मायाको चिनो को स्वरूप क्यापहरु हस्तान्तरण् गरेका थिए ।  

यस्तो कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा र हौशला बढ्ने हुँदा यस्ता कार्यक्रमहरुलाई प्राथमिक्ता दिई आगामी दिनहरुमापनि निरन्तरता दिनुपर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले व्यक्त गरेका थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation