कामना सेवा बैंकद्वारा डबल डिपोजिट मुद्दती खाता शुभारम्भ

 अर्थ बुलेटिन संवाददाता   १६ माघ, २०७६



काठमाडौं । प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबारदेखि हुनेगरी डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

डबल डिपोजिट मुद्दतीखाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन् ।यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ ।

यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र  बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ।

बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation