आरविवि मर्चेन्ट बैंकिङ्गको ५ औं वार्षिकोत्सव सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   १६ माघ, २०७६



काठमाडौं ।  आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको विशिष्ठ आथित्यतामा बुधबार सम्पन्न भएको छ ।

समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीले मर्चेन्ट बैंकिङ्गलाई ५औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिदैं यस क्षेत्रमा हुँदै आएका कामकारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानीमैत्री वातावरण सृजना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी दिए ।

उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए । 

समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसाउदले धितोपत्र कारोबार सहज र सरलरुपमा गर्नको लागि अनलाईन प्रणली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटा बेस तयार भईरहेको जानकारी दिए ।

मर्चेन्टका प्रमुख कार्यकारी बद्रीप्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गर्न लागेको  १ अर्ब ६० करोड रुपैँया बराबरको प्रथमिक सेयर सर्वसाधारण समुहलाई निष्काशन गर्नको लागि आरविविमर्चेन्ट बैंकिङ्ग लि. संग सम्झौता भएबमोजिम उत्त निष्काशनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी  दिए ।

कार्यक्रममाराष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीको ५ औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्रबाजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंक लि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए ।

कार्यक्रममा रा.बा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराजजोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल , कम्पनी सचिव भोलानाथ पौडेल ,क्षेत्रीय प्रमुख सोनी श्रेष्ठ, आन्तरिक लेखा परिक्षण प्रमुख संजय कुमार श्रेष्ठ, ,शाखा प्रबन्धक युवराज घिमिरे लगायतबम कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation