श्री पञ्चमीमा सानिमा बैंकमा विशेष योजना

 अर्थ बुलेटिन संवाददाता   १६ माघ, २०७६



काठमाडौं । सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । 

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन । यस योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको छ । 

यो योजना विद्यार्थीवर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ । यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिनेछ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation