छ महिनामा आईसीएफसी फाईनान्सको नाफा आठ करोड बढी

 अर्थ बुलेटिन संवाददाता   १७ माघ, २०७६



काठमाडौं । आईसीएफसी फाईनान्सले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड १९ लाख ७० हजार सात सय ८३ रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो मुनाफा सात करोड १४ लाख ७१ हजार सात सय ७७ रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी ८८ करोड २१ लाख ७२ हजार चार सय रुपैयाँ रहेको फाईनान्सले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ११ अर्ब ५९ करोड ६३ लाख ५९ हजार चार सय तीन रुपैयाँ निक्षेप संकलन आठ अर्ब ८६ करोड ८७ लाख ५९ हजार दुई सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड २१ लाख २५ हजार तीन सय ५६ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाईनान्सको शुन्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । 

गत आवको सोही अवधिमा भने फाईनान्सले १० अर्ब ९३ करोड २८ लाख ७१ हजार पाँच सय एक रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १४ करोड ५५ लाख १९ हजार चार सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation