एनसीसी बैंकको २२ औं बार्षिक साधारण सभा सम्पन्ननगद लाभांश वितरण प्रस्ताव सर्वसम्मत पारित

 अर्थ बुलेटिन संवाददाता   १८ माघ, २०७६



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२ औ वार्षिक साधारण माघ १७ गते बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भयो ।

सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुजीको ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित १५ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको छ ।

साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यका लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/६५ मा ७३ अर्ब ३८ करोड निक्षेप परिचालन गरी रु.६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ  साथै उक्त वर्षमा कर तथा बोनस पछि एक अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation