![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । तपाईलाई कसैले छोटौ समयमा नै सवरी लाइसेन्स देलाई दिन्छु भन्दै कतै प्रलोभनमा त पारेको छैन ? होसियार ! पछिल्लो समय त्यसरी प्रलोभनमा पारि स्मार्ट लाइसेन्स बेच्न गिरोह नै तल्लिन रहेको पाइएको छ ।
यातायात व्यवथा विभाग र प्रहरीले गरेको अनुसन्धानमा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) लाई रोक्न स्मार्ट लाइसेन्स विभागले ल्याएपनि त्यसैको धन्दामा कतिपय गिरोह लागेको पाइएको हो ।
विभागका अनुसार नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोहको अहिले व्यापक खोजि भैरहेको छ । यसैक्रममा प्रहरीले हालै मात्र नक्कली लाइसेन्स बनाउने ५ जनालाई काठमाडौंस्थित न्यूरोडबाट पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा कुमार तन्डुकार, अनन्ता गुरूङ, दीपक ब्लोन, बुद्धिबहादुर रोका, अशोक कार्की र मोहन यादव रहेका छन् ।
सातदोबाटोबाट एक जना नक्कली लाइसेन्स चालक पक्राउ परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गर्दा न्यूरोडस्थित फोटो स्टुडियोमा नक्कली लाइसेन्स बन्ने गरेको पत्ता लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि २०७५ साउनमा पनि २ जना नक्कली स्मार्ट लाइसेन्सधारीलाई पक्राउ गरि कारवाही गरेको थियो । त्यसरी नक्कली स्मार्ट लाइसेन्स बनाउन अरु पनि गिरोह रहेको आशंकामा प्रहरीले आफ्नो अनुसन्धानलाई तीव्र बनाएको स्रोतको दावी छ ।