यो साता शेयर बजार १४ सय वाट उकालो लाग्ने उच्च अंकका साथ शेयर बजारको बृद्धि कायमै

 अर्थ बुलेटिन संवाददाता   १९ माघ, २०७६



काठमाडौं । पछिल्लो समय लगातार शेयर कारोवारमा बृद्धि आईरहेको छ । 

गत साताको अन्तिम दिन अघिल्लो दिनको तुलनामा १९.५१ अंक वृद्धि भई एक हजार ३२५.३८ अंकमा रोकिएको शेयर बजार यस साताको पहिलो दिन २१.२७ अंकले बृद्धि भई एक हजार ३४६.६५ अंकमा पुगेको छ ।

निरन्तर २० भन्दा वढि अंकका साथ बृद्धि भईरहेको शेयर कारोवार यो गतिमा नै आइतवारदेखि विहिवारसम्म बढ्ने हो भने यो साताको अन्तिम दिनसम्ममा सहजै १४ सय वाट उकालो लाग्न सक्ने शेयर लगानीकर्ताहरुको अनुमान छ । 

आज जिवन विमा र टे«डिङको सुचक घटेको छ भने सो वाहेकका वाँकी सवै सुचकहरु बढेका छन् । 

आज सबैभन्दा धेरै कारोवार ओमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सबैभन्दा धेरै कारोवार भएको छ । ओमीको कारोवार रकम १५,४६८,०७२ रहेको छ । 

आज सबैभन्दा धेरै कमाउनेमा गरीमा विकास लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ । आज माइक्रोफाइनान्स समुहको सबैभन्दा धेरै कारोवार भएको छ । 

कारोवारको हिसावले दोश्रो स्थानमा हाइड्रोपावर, तेश्रो स्थानमा इन्स्योरेन्स, चौथो स्थानमा होटल, पाचौं स्थानमा फाइनान्स समुहहरु परेका छन् ।

कारोवारका आधारमा आज विकास बैङकहरु स्थान भने सन्तोषजनक हुन सकेन । निरन्तरको शेयर बजारको उकाली यात्राले लगानीकर्ताहरुमा भने उत्साह छाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation