बैङक तथा वित्तिय संस्थाको खराब कर्जा घट्दोहालसम्म ८ ओटा बैङकको मात्रै वित्तिय विरण सार्वजनिक

 अर्थ बुलेटिन संवाददाता   १९ माघ, २०७६



काठमाडौँ । पछिल्लो सयम बैङक तथा वित्तिय संस्थाको खराब कर्जा घट्दै गएको छ । 

बैङक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा त्यस्तो कर्जा घटेको देखिन्छ । 

हालसम्म ८ ओटा बैङकहरु नेपाल बैङक, एनआइसी एसिया बैङक, सनराइज बैङक, सानिमा बैङक, सिटिजन्स बैङक, एभरेष्ट बैङक, सिद्धार्थ बैङक र लक्ष्मी बैङकले बित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।

विवरण अनुसार यी बैंकहरुमध्मे ५ ओटा बैङकले आफ्नो खराब कर्जा घटाएका छन् । तर, एनआइसी एसिया बैङक, सनराइज र सानिमा बैङकको खराब कर्जा भने बढेको देखाएको छ । लामो समयसम्म नउठेका कर्जा उठाउन सफल भएपछि अधिकांश वाणिज्य बैङकहरुको खराव कर्जा घटेको हो ।

दोस्रो त्रैमासमा ४ अर्ब ७९ करोड रुपैयाँले ऋण बढाएको एभरेष्ट बैङकले स्प्रेड वृद्धि गर्दासमेत नाफामा भने खासै सुधार गर्न सकेको छैन । बैङकले सार्वजनिक गरेको बित्तीय विवरण अनुसार, बैङकको नाफा ५.५८ प्रतिशतले बढे १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

बैङकले स्प्रेड दर ४.३८ प्रतिशतबाट बढाएर ५.३३ प्रतिशत पुर्याएको छ । बैङकले निक्षेपको तुलनामा ऋण विस्तार केही कम गरेका कारण पनि नाफामा खास सुधार नदेखिएको हो ।

बैङकको कुल ब्याज आम्दानी साढे १५ प्रतिशतले बढ्दा कुल ब्याज खर्च २०.७५ प्रतिशतले बढेको छ । यही कारण खुद ब्याज आम्दानी ८.६६ प्रतिशतले बढेर २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, सनराइज बैङकले स्प्रेड दर बढाएपछि खुद नाफा १९.१२ प्रतिशतले वृद्धि गरेको छ । बैङकले पहिलो ६ महिनामा खुद नाफा ९४ करोड ४३ लाख रुपैयाँ गरेको छ । यसमध्ये कात्तिकदेखि पुससम्मको नाफा ४९ करोड छ ।
बैङकले यस बीचमा ब्याजको स्प्रेड दर पनि ४.३१ प्रतिशतबाट बढाएर ५.१४ प्रतिशत पुर्याएका कारण पनि नाफामा उल्लेख्य सुधार देखिएको हो ।

बैङकको ब्यापारमा भने खासै सुधार छैन । अघिल्लो वर्षको पुससँग तुलना गर्ने हो भने ऋण लगानी ६ अर्ब ७२ करोडले बढेको छ । गत असार मसान्तको तुलनामा साढे ५ अर्बले बढेको छ ।

पछिल्लो त्रैमासमा भने बैङकले खासै ब्यापार बढाउन सकेको छैन । बैङकले कात्तिकदेखि पुससम्म १ अर्ब ७७ करोड रुपैयाँ मात्र ऋण बढेर ७५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसबीचमा बैङक ऋणपत्र बेच्नमा केन्द्रित हुँदा ऋण प्रवाहमा खास सुधार नदेखिएको हो ।

निक्षेप भने पछिल्लो एक क्वाटरमै ४ अर्ब २६ करोडले बढेको छ । जबकी अघिल्लो वर्षको पुसदेखि अहिलसम्म कुल ६ अर्ब ७२ करोड बढेको छ । वर्ष दिनमा बढेको निक्षेपमध्ये कात्तिकदेखि पुससम्मको हिस्सा दोब्बर छ । बैङकसँग कुल निक्षेप ८२ अर्ब १५ करोड पुगेको छ ।

बैङक तथा वित्तीय सस्थाबाट लिएको ऋण तोकिए समयावधि भित्र भुक्तानी नगरे ऋणीलाई बैङक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैङकले व्यवस्था छ । राष्ट्र बैङकले तीन महिनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा नै मान्ने गरेको छ ।

तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल मानिन्छ । छ महिनादेखि एक वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद तथा एक वर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाको रुपमा गणना गरिन्छ । एक वर्ष भाखा नाघेका कर्जालाई बैङक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्ने प्रावधान छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation