२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको शेयर बजार यस साताको दोश्रो दिन भने सामान्य गतिमा मात्रै बृद्धि भएको छ ।
सोमवार २ दशमलव ५१ अंकले बढेर नेप्से एक हजार तिन सय ४९ दशमलव १४ अंकमा पुगेको छ ।आज निको लाइफ इन्स्योरेन्सको ४ दशमलव ५ प्रतिशतले वढेर ६ करोड ५६ लाख ६० हजार ४ सय १८ रुपैयाको कारोवार गर्दै सबैभन्दा धेरै कारोवार गर्न सफल भएको छ । कारोवारका आधारमा आज विकास बैङकको समूह उच्च स्थानमा परेको छ भने दोश्रो स्थानमा इन्स्योरेन्स र तेश्रो स्थानमा माइक्रो फाइनान्स समुह परेका छन् ।