

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । माछापुच्छ्रे बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ८२ करोड १८ लाख ५० हजार दुुई सय ५६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७८ करोड १३ लाख ७७ हजार छ सय ५१ रुपैयाँ रहेको थियो ।
चुुक्ता पुंजी आठ अर्ब ४५ करोड ८४ लाख ७७ हजार छ सय ५० रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ९७ अर्ब ५२ करोड ३९ लाख तीन हजार एक सय ३९ रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख १८ हजार पाँच सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९८ करोड ६८ लाख ७५ हजार पाँच सय ४४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकका शुन्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८५ अर्ब १९ करोड ८४ लाख दुुई हजार एक सय ४४ निक्षेप संकलन गरी ७५ अर्ब नौ करोड ५७ लाख ७३ हजार आठ सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६९ करोड ६५ लाख ९८ हजार सात सय २९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।