मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान धादिङ्गबाट शुरुवात

 अर्थ बुलेटिन संवाददाता   २० माघ, २०७६



काठमाडौं । मुक्तिनाथ विकास बैंक बित्तीय जागरण अभियानको सुरुवात गरेको छ । बैैकले यही माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको हो । 

सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोहीगाँउपालिका वडा नं ७, का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको छ । त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के शाखा अन्तरगतका ग्राहक हरीप्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारी प्रमुख अतिथी र अतिथिमा सोही विद्यालयका शिक्षक नरेन्द्र प्रसाद रिजाल रहेका थिए । 

उपरोक्त दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो ।उक्त कार्यक्रममा बैंकसंग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथाउत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्रवितरण गरिएको थियो । 

बैंकले“आजकोे आवश्यकता, सबैमा वित्तिय साक्षरता” भन्ने आशय सहीत समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको छ ।बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation