नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमिक मुुद्धती निक्षेप योजना सार्वजनिक

 अर्थ बुलेटिन संवाददाता   २१ माघ, २०७६



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमिक मुुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले समाजमा बचतको बानी सहज तुल्याउने उद्देश्यसहित ९.२५ प्रतिशत ब्याजदर सहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार यसमा ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्युनतम ३३३ रुपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाईरहएका छन् । बैंकको ३३ औं वार्षिकोत्वसका अवसरमाल्याइएको यो निक्षेप योजना बढ्दो वित्तीय सचेतनासङ्गैबजारमा स्थापित हुदैगईरहेको छ । 

यसबाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकलेहरित पहल अभियानअन्तर्गत ग्रिन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो । यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिनुका कारण यस योजनाले निक्षेपकर्ताहरूबीच लोकप्रियता कमाइ रहेको छ ।

थप, सो योजना अन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुन्छ । यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप इको–लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षकालागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको छ ।

यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यमा केन्द्रीत रहँदै एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा पनि ल्याएको छ ।

स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु¥याउने एसएमई कर्जाको उद्देश्य हो ।

यसका साथै देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि बैंकले अघि सारेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation