जोरपाटीमा सानिमा बैंकको नयाँ शाखा सञ्चालन

 अर्थ बुलेटिन संवाददाता   २१ माघ, २०७६



काठमाडौं । सानिमा बैंक लिमिटेडले यही माघ २० गते काठमाडौंको जोरपाटीमा ७९ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्त रुपमा सम्पन्न भएको हो । 

समुद्घाटन् समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा मह जोडीले काठमाडौंको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बैंककोरुपमा निरन्तर विस्तार हुनर थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

सानिमा बैंकको उक्त शाखा संचालनमा आएसँगै बैंकले हालसम्म ७९ वटा शाखा कार्यालयहरु तथा ७९ वटा ए.टि.एम. बाट सेवा प्रदान गरिरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation