२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार १२ दशमलव नौं अंकले घटेर १३ सय ३७ दसमलव चार अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ९२ अंकले घटेर दुुई सय ८४ दशमलव ९९ अंकमा झरेको छ ।
आज एक सय ७६ वटा कम्पनीहरुको १७ हजार पाँच सय ६० वटा कारोबारमा ४९ लाख ४९ हजार १५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब ५७ करोड एक लाख ६६ हजार एक सय ६३ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा आठ वटा समुहले गुमाए पनि चार वटा समुहले भने कमाएकाछन् । ति मध्ये वाणिज्य बैक समुहको सुचक १३ दसमलव ९८ अंकले घटेर ११ सय ५८ दशमलव ६२ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक १६ दशमलव ४८ अंकले घटेर एक हजार ३६ दशमलव २८ अंकमा झरेको छ ।
लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । विकास बैैक, निर्जिवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि भने बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सर्पोेट माईक्रो फाईनान्स बित्तीय संंस्था, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदि परेकाछन भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आज मिथिला लघुुबित्त बित्तीय, संस्था, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।