

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, यही माघ २० गते सोमबार बालाजु औध्योगिक छेत्र स्थित रहेको इन्फिनिटी ल्याब्समा बनिएको १० वटा व्हीलचियरहरु सिआईएल काठमाडौँद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको थियो ।
बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो ।
यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरुप्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिन्छ । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हील चियरहरु प्रदान गरेका हुुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे बैँकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हील चियर हिड्नु सरह नै हो र यसले उहाँहरुको दैनिक जीवनको गतिशीलतामा सहज पु¥याउने विश्वास दिलाए । साथै नेपालीभई नेपालमै बनेका सामानलाई प्राथमिकता दिँदा देशको आर्थिक बृद्धि र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिएका थिए ।