

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढीशाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफापानीे उपलब्ध गराउनको निम्ती एक थान एक हजार लीटरको पानी ट्यांङ्की सहयोग गरेको छ ।
साथै बैंकले धामको नियमीत सरसफाईको लागि यस धाममा आउने भक्तजनबाट सहयोग स्वरूप २० रुपैयाँ दरका पाँच हजार थानको टिकट पनि हस्तान्तरण गरेको छ । पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुुन ।
केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्य पश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम भएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।