नाडा प्रतिनिधि मण्डल र सोसाइटी अफ इण्डीयन अटोमोवाइलबीच समझदारी हुँदै

 अर्थ बुलेटिन संवाददाता   २२ माघ, २०७६



काठमाडौं ।  नाडा प्रतिनिधि मण्डल र सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्सबीच समझदारी हुुने भएको छ । सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेण्ट मेनुफेक्चर्स एशोसिएशनको औपचारिक निमन्त्रणामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित एक सय ५० सदसिय नाडाको प्रतिनिधिमण्डल आज बुधबार दिल्ली प्रस्थान गरेको  नाडाले जानकारी दिएको छ । 

नाडाका अनुसार फ्रेबु्रवरी ६ देखि ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फे्रवु्रवरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा अटो एक्सपो द मोटर शो २०२० शुभारम्भ हुँदैछ । फेवु्रवरी ६ मा गे्रटर नोएडामा भारतका सडक यातायात, हाइवे र माइक्रो, स्मल एण्ड मिडियम इण्टरप्राइजेज मन्त्री श्री नितीन गडकरीले सो प्रदर्शनीको उद्घाटन गर्नेछन् । 

सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्सको पहलमा फेवु्रवरी ७ मा दक्षिण एशियाली अटोमोवाइल एशोसिएशनहरुको साउथ एशियन अटोमोटिभ फोरम गठनको लागि सम्झौतापत्रमा हस्ताक्षर हुुने छ ।  उक्त फोरममा भारत लगायत नेपाल बङ्गलादेश, श्रीलङ्का र म्यानमार समेतको सहभागिता रहने छ । फोरमको गठन, दक्षिण एशियाको अटोमोवाइलक्षेत्रको इतिहासमा कोशे ढुङ्गा हुने नाडाले विश्वास लिएको छ । 

प्रतिनिधि मण्डलमा केन्द्रीय कार्य समितिका अध्यक्ष कृष्णप्रसाद दुलाल, पूर्व अध्यक्षद्धय सौरभ ज्योति, अञ्जन श्रेष्ठ, उपाध्यक्षद्धय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिव रिजाल, केन्द्रीय कार्य समिति सदस्य धु्रववहादुर थापा लगायतका व्यक्तिहरुको सहभागिता रहेको नाडाले जानकारी दिएको छ ।  

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation