२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्से आज बुुधबार बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज पाँच दशमलव ३१ अंकले बढेर १३ सय ४२ दशमलव ३६ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ९३ अंकले बढेर दुई सय ८५ दशमलव ९२ अंकमा चढेको छ ।
आज एक सय ७७ वटा कम्पनीहरुको १२ हजार चार सय ४० वटा कारोबारमा ३२ लाख ६० हजार एक सय ९८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब आठ करोड २४ लाख ८३ हजार नौ सय नौ रुपैयाँको कारोबार भएको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा चार वटा समुहको सुचक घटेकाछन भने आठ वटा समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ७७ अंकले बढेर ११ सय ६२ दशमलव ३९ अंकमा पुुग्दा होटल समुहको सुचक ५३ अंकले बढेर दुुई हजार १२ दशमलव ७३ अंकमा पुगेको छ ।
निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि बढेकाछन । विकास बैंक, जलबिद्युुत, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
बढी कमाउने कम्पनीहरुको सुचीमा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था, सिभिल बैंकको आदि परेकाछ छन भने गुमाउने कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी गुमाउने कम्पनीहरुको सुचीमा भने सिभिल बैंक, नागरिक लगानी कोष आदि परेकाछन् ।