

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले छ दशमलव ७५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । माघ २३ गते बसेको बैंक सञ्चालक समितिको ३०३ औं बैठकले उक्त निर्णय गरेको हो ।
२०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँको दुुई प्रतिशतले हुुन आउने १६ करोड ८३ लाख नौ हजार चार सय २३ रुपैयाँ बोनस सेयर र कुुल चुक्ता पुंजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँको चार दशमलव ७५ प्रतिशतले हुुन आउने बैंकले जनाएको छ ।
बैंकले ३९ करोड ९७ लाख ३४ हजार आठ सय ९९ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितीको प्रस्ताव गरेको उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृती एवम् बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।