![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । गत साता देखि नै ओराली यात्रा आरम्भ गरेको शेयर बजार यस साताको पहिलो दिन भारी अंकका साथ ओराली लागेको छ ।
गत विहिवार १ हजार ३३३ दशमलव ६९ अंकमा रोकिएको शेयर बजार आइतवार भने १२ दशमलव ०४ अंक घटेर एक हजार ३२१ दशमलव ६५ अंकमा रोकिएको छ । आज कुल एक दशमलव ०२७ प्रतिशतले शेयर वजार ओरालो लागेको छ ।
पछिल्लो समय दोहोरो अंकका साथ बढ्ने र दोहोरो अंकको साथ घट्ने गरेको शेयर बजारको पछिल्लो अवस्थालाई अध्ययन गर्दा १३ सय वाट ओरालो लागेपछि मात्रै पुनः उकाली यात्रा आरम्भ गर्न सक्ने देखिन्छ ।
विगतलाईनै हेर्दा गत हप्ता सोमवार १३४९ दशमलव १४ पुगेर ओराली लागेको शेयर बजार फेरी सोहि बिन्दुमा पुग्न भने अर्को सातानै कुर्न पर्ने शेयर लगानीकर्ताहरुको अनुमान छ ।
सामान्यतय फागुण, चैत्र र बैशाख महिना भनेको शेयर बजार उकाली लाग्ने महिना भएकाले एक दुई दिन शेयर बजार घट्दैमा नआत्तिन लगानी कर्ताहरुले सबैलाई सुझाव दिएका छन् ।शेयर बजार घट्दै गएकाले अल्पकालिन लगानीकर्ताहरुका लागि यो समय खरिदको समय भएको समेत लगानीकर्ताहरुले सुझाएका छन् ।