पोखरा विश्वविद्यालय मेला २०२० सम्पन्ननेपालको एक इन्च भूमि पनि कसैलाई छुन दिइन्नः खगराज अधिकारी

 अर्थ बुलेटिन संवाददाता   २६ माघ, २०७६



पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा विद्यार्थी मेला २०२० सम्पन्न भएको छ । मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले नेपालको एक इन्च भूमि पनि कसैलाई छुन नदिइने बताए । 

विश्वविद्यालयको शुरुवातकालदेखि विभिन्न समयमा विश्वविद्यालय सभाको सभाषद समेत भइसकेका  सांसद अधिकारीले पोखरा विश्वविद्यालयलाई नयाँ उचाईमा लैजान सबै जनाको एक मत हुनुपर्नेमा पनि जोड दिए ।

मेलाको समापन समारोहमा कास्की जिल्ला प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले सचेत र कर्तव्यनिष्ठ विद्यार्थी नै देशको भविष्य भएको बताए  । त्यसै गरी अनेरास्वियू नेता नरेश रोकायाले विश्वविद्यालय काठमाडौं र सहरी क्षेत्रमा मात्र सिमित नभई देशको दुरदराजका क्षेत्रहरुमा पनि फैलनुपर्ने आवश्यकता औल्याए । त्यस्तै स्ववियू सभापति सुनिल तिमिल्सीनाले पहिलो स्ववियूले गरेका विद्यार्थी मैत्री कार्यक्रमहरुका कारण दुई वर्ष अगाडि भन्दा अहिले विश्वविद्यालयले मुहार फेरेको जिकिर गरे  ।

मेलाको विभिन्न सत्रमा गरी कुल ४१ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको मेलाका संयोजक होमेन्द्र यादवले जनाए । मेलामा रोवर्ट भिडन्त, प्यानल बहस, सफलताको कथा प्रस्तुती, म्याराथोन दौड, विभिन्न विषयगत प्रतियोगिताहरु, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यसै गरी मेलामा कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता, चेस प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता समेत गरिएको आयोजकहरुले बताएका छन् । कार्यक्रममा अटोक्याड तालिम, शेयर तालिम, बैंकिङ्ग तथा विमा सचेतना कार्यक्रम, एसिड आक्रमण विरुद्ध सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आदि समेत सम्पन्न भएका थिए ।

कार्यक्रमका विभिन्न सत्रहरुलाइ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, महिला नेतृ सुनिता बराल, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारी, कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण अधिकारी, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, राष्ट्रिय युवा परिषदका दीलिप न्यौपाने लगायतले बोलेका थिए । त्यसै गरी मेलामा पर्यटन अनुसन्धानकर्ता सुवास मल्ल, युवा व्यवसायीहरु वैभव पौडेल, मिलन केसी, सन्तोष राज सिग्देल, विश्लेषक विश्व सिग्देल, शेयर विज्ञ युक्तबहादुर सुवेदी लगायतका वक्ताहरुले पनि विभिन्न विषयमा विद्यार्थीहरुमाझ बहस गरेका थिए ।

कार्यक्रममा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुको साथमा सम्पन्न मेलामा ३५ लाखको खर्च भएको कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation