२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । आज नेप्सेमा सामान्य अंकले सुधार आएको छ । सोमबार नेप्से चार दशमलव दुुई अंकले बढेर १३ सय २४ दशमलव २६ अंकमा चढ्दा सेन्सिटिभ शुन्य दशमलव ५७ अंकले बढेर दुई सय ८१ दशमलव ६२ अंकमा चढेको छ ।
आज एक सय ७५ वटा कम्पनीहरुको १० हजार नौ सय ७९ वटा कारोबारमा २३ लाख ६० हजार पाँच सय ८४ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ९३ करोड २० लाख ८६ हजार ५५ रुपैयाँको कारोबार भएको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा आठ वटाले कमाएकाछन् भने चार वटाले गुमाएकाछन् । कमाउने समुह मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७९ अंकले बढेर ११ सय ४२ दशमलव २१ अंकमा पुुग्दा विकास बैंक समुहको सुचक पाँच दशमलव ९६ अंकले बढेर १८ सय १८ दशमलव तीन अंकमा चढेको छ ।
निर्जिवन बीमा, लघुुबित्त, ट्रेडिङ, होटल, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेर हरियो भएकाछन् । जलबिद्युुत, बीमा, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि घटेर रातै भएकाछन् ।
कमाउने कम्पनीको सुचीमा सिभिल लघुुबित्त बित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट बैंकको संस्थापक सेयर, सर्पोट माईक्रो फाईनान्स आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज शिवम सिमेन्ट, नागरिक लगानी कोष आदि परेकाछन् ।