चालू बजेट संशोधन: बजेटको आकार, राजस्व, खर्चको लक्ष्य घट्यो

 अर्थ बुलेटिन संवाददाता   २९ माघ, २०७६



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट ल्याइएपनि बजेट आकार संशोधन गरेर १३ खर्ब ८५ अर्ब बनाइएको बताए । 

खतिवडाले फागुन मसान्तसम्म पनि सुरु नहुने आयोजनाका लागि बजेट नदिने बताए । बजेटको आकार घटाए पनि आर्थिक वृद्धिदरको लक्ष्य यथावत राखिएको छ । आर्थिक वृद्धिका विषयमा मध्यावधि समीक्षामा मन्त्रालयले केही बोलेको छैन ।

सरकारले राजश्वको लक्ष्य पनि संशोधन गरेको छ । बजेटमा अनुमान गरिएकोमध्ये ९०.५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान गरिएको खतिवडाले बताए । यो वर्ष ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख राजस्व संकलनको लक्ष्य थियो । अब ८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलन गर्ने गरी लक्ष्य संशोधन गरिएको छ ।

उनका अनुसार साउनदेखि पुससम्म चालु घाटा सुधार भएको छ भने विदेशी लगानी उत्साहप्रद छ र वित्तीय पहुँच बढेको छ । विप्रेषण १ प्रतिशतले मात्रै बढेको छ भने चालू खाता घाटा आधाले घटेको छ ।

विदेशी विनिमय सञ्चिति सुधार भएर कर्जा र निक्षेप बढेको छ, तर वृद्धिदर घटेको छ । नेप्से परिसूचक ८५ अंकले सुधार भएको छ । यस्तै, चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य सार्वजनिक गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले कूल पुँजीगत खर्चको ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य लिएको जानकारी दिइएको हो ।

चालु आवमा चालू खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमानसमेत अर्थमन्त्रालयले गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation