नेप्सेको अन्तिम कारोबार ओरालो लयमा

 अर्थ बुलेटिन संवाददाता   १ फागुन, २०७६



काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । नेप्से आज एक दशमलव ३९ अंकले घटेर १३ सय ४४ दशमलव ५९ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ३२ अंकले घटेर दुुई सय ८४ दशमलव २४ अंकमा झरेको छ ।

आज एक सय ७२ वटा कम्पनीहरुको १७ हजार छ सय ९८ वटा कारोबारमा ३७ लाख २० हजार ९२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब ७ करोड ३८ लाख पाँच हजार सात सय ४६ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोबार हुँदा पाँच वटा समुहले गुमाएकाछन् भने सात वटा समुहले कमाएकाछन् । गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ९४ अंकले घटेर ११ सय ४४ दशमलव ७७ अंकमा झरेको छ ।

विकास बैंक, जलबिद्युुत, होटल र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन् । निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक भने बढेर हरियो भएको छ ।

कमाउने कम्पनीहरुको सुचीमा आज गणपती माईक्रो फाईनान्स बित्तीय संस्था, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी, ओरन्टल होटल समुह आदि परेकाछन् । यसैगरी रकम कारोबार भएको आधारमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदि परेकाछन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation