

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।
उक्त टेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको टेजरी बिल बिक्री गरेको थियो ।