२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । यादवप्रसाद पौड्याल नेपाल उद्योग परिसंघको महानिर्देशक नियुक्त भएका छन् । नेपाल व्यवस्थापन संघमा आवद्ध पौड्याल संघको महानिर्देशकमा नियुक्त भएका हुन् । परिसंघले यसअघिका महानिर्देशक मेघनाथ न्यौपानेलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ ।
आईतबार परिसंघका अध्यक्ष सतिश कुमार मोरले महानिर्देशक पौड्याल र वरिष्ठ सल्लाहकार न्यौपानेलाई परिसंघमा एक कार्यक्रमसहित स्वागत गरेका छन् । सो अवसरमा परिसंघका अध्यक्ष मोरले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै पौड्याल र न्यौपानेको नियुक्तिसँगै परिसंघको अबको यात्रा तथा प्रभावकारीतामा थप सहयोग मिल्नेमा जोड दिए ।