नेप्सेमा उच्च अंकको वृद्धि

 अर्थबुलेटिन संवाददाता   ४ फागुन, २०७६



काठमाडौं । नेप्से एकै दिन उच्च अंकले बढेको छ । आज नेप्से १९ दशमलव ३९ अंकले बढेर १३ सय ६३ दशमलव ९७ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ५८ अंकले बढेर दुुई सय ८५ दशमलव ८२ अंकमा पुुगेको छ ।

आज एक सय ७६ वटा कम्पनीहरुको १८ हजार आठ सय ८५ वटा कारोबारमा ४१ लाख पाँच हजार एक सय ३४ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम एक अर्ब ९७ करोड ८१ लाख आठ हजार सात सय एक रुपैयाँ पुगेको छ ।  

आज १२ वटा समुहको कारोबार हुँदा नौ वटा समुहको सुचक बढेकाछन् भने तीन वटा समुहको सुचक घटेकाछन् । वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव १५ अंकले बढेर ११ सय ४९ दशमलव ९२ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि नौ दशमलव ४५ अंकले बढेर एक हजार १६ दशमलव ६६ अंकमा पुुगेको छ ।

विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, र उत्पादनमुुलक समुहको सुचक पनि बढेकाछन् । फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । 

कमाउने कम्पनीहरुको सुचीमा आज राधी जलबिद्युुत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी आदि परकोछन भने गुमाउने कम्पनीहरुको सुचीमा नबिल ब्यालेन्स फण्ड २, सेन्ट्रल फाईनान्स आदि परेकाछन । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी, शिवम सिमेन्ट आदि परेकाछन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation