२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्से आज पनि बढेको छ । आज बुुधबार नेप्से पाँच दशमलव २४ अंकले बढेर १४ सय पाँच दशमलव २५ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दशमलव ९९ अंकले बढेर दुई सय ९५ दशमलव ९४ अंकमा पुुगेको छ ।
आज एक सय ७७ वटा कम्पनीहरुको १५ सय ५३ वटा कारोबारमा ३४ लाख ५५ हजार छ सय ८२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार तीन सय ८९ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा कमाउने र गुमाउने समुह बराबर देखिएकाछन । ति मध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ७५ अंकले घटेर ११ सय ९४ दशमलव ८२ अंकमा पुुग्दा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
विकास बैंक, जलबिद्युुत, लघुुबित्त, ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज कमाउने समुहमा परेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सामुुदायिक लघुुबित्त बित्तीय संस्था, आशा लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स, प्रोग्रेसिभ फाईनान्स आदि परेकाछन् ।
कारोबार भएको रकमका आधारमा भने आज शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन् ।