नेप्सेमा उच्च वृद्धि, एकै दिन तीन अर्ब ६० करोडको कारोबार

 अर्थबुलेटिन संवाददाता   ११ फागुन, २०७६



काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुुबै नै उच्च अंकले बढेको छ । आज आईतबार नेप्से ६९ दशमलव ५६ अंकले बढेर १५ सय चार दशमलव १४ अंकमा पुग्दा सेन्सिटिभ १७ दशमलव सात अंकले बढेर तीन सय १७ दशमलव ५० अंकमा चढेको छ ।

आज एक सय ७८ कम्पनीहरुको ३० हजार चार सय ५६ वटा कम्पनीहरुको ८७ लाख ६९ हजार पाँच सय २२ कित्ता सेयर किनबेच भएकाछन् भने कारोबार रकम तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोबार हुँदा १२ वटै समुहको सुचक बढ्दा नेप्से पुरै हरियो देखिएको छ । आज वाणिज्य बैंक समुहको सुचक ८६ दशमलव एक एक अंकले बढेर १२ सय ८८ दशमलव ७४ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ३३ दशमलव ७५ अंकले बढेर एक हजार ८३ दशमलव ६८ अंकमा पुगेको छ ।

यसैगरी विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानीकोष समुको सुचक पनि उच्च अंकले बढेकाछन ।
कमाउने कम्पनीहरुको सुचीमा आज फष्र्ट माईक्रो फाईनान्स, एनएमबी बैक आदि परेकाछन भने बढी गुमाउने कम्पनीहरुको सुचीमा तारागाउँ रेजिडेन्सी होटल, बरुण हाईड्रो पावर कम्पनी आदि परेकाछन ।

कारोबार भएको रकमको आधारमा भने आज एनएमबि बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation